काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निःश्वार्थ सेवाभावका साथ काम गर्न सामाजिक संघ, संस्थाहरुलाई आग्रह गरेका छन्। सभामुख घिमिरेले नेपाल जाति, भाषा, कला, संस्कृति आदि सबै हिसावले समुन्नत रहेकाले त्यसको प्रचार गर्ने काममा पनि सामाजिक संघ, संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे।
फोकस नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भौतिक रुपमा नेपाल गरिवीको चपेटामा रहेको भएपनि भाषा, कला र संस्कृतिको हिसाबले समुन्नत रहेको पनि स्मरण गराए।
समाज सेवालाई महान कार्यको रुपमा उल्लेख गर्दै सभामुख घिमिरेले त्यसको माध्यामबाट समाजलाई माथि उठाउन सकिने बताए। उनले भने, ‘समाज सेवा भन्दाखेरी समाज एउटा शब्द भो, सेवा अर्को शब्द भो। तर वास्तवमा समाजको सेवा गर्ने कुरा समय, काल, परिस्थिति, विषय हरेक हिसावले यसका परिभाषा त हुन्छन्। तर मेरो बुझाईमा यो ज्यादै महान कुरा हो। महत्वपूर्ण कुरा हो। र, यसमा योगदान गर्ने कुराहरु निःश्वार्थ ढंगले नै गरिएको हुन्छ। र, त्यसमा कुनै पनि स्वार्थहरु राखेर आफ्ना नाम कमाउँछ, एउटा क्षेत्रमा केही योगदानहरु गर्छु भन्ने खालका अलि ठूलै त्यसका स्वार्थहरु होलान्।’
सभामुख घिमिरेले समाज सेवाको क्षेत्रलाई बहस र छलफलको विषय बनाउँदै अघि लैजानु आवश्यक रहेको पनि बताए। उनले भौगोलिक हिसावले पनि नेपाल समुन्नत रहेको उल्लेख गर्दै त्यसको सदूपयोग गर्नुपर्नेमा पनि जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।