काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताएका छन्। शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्।
उनले नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने भन्दै विधिसम्मत रुपमा पार्टी नचल्दा नै असन्तोष व्यक्त भइरहेको बताए। उनले अबको समयमा पार्टीलाई विधिसम्मत रुपमा अघि बढाउने हो भने कांग्रेसले कुनै पनि पार्टीको चुनौतीलाई सहनु नपर्ने बताए।
उनले कांग्रेस पार्टी राम्रो विचारधारा भएको अन्य कुनै पार्टी नरहेको जिकिर गरे। उनले भने, ‘मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔं। विधि र नियमबाट पार्टी चलेको भए त यति असन्तोष कहीँ पनि सुन्न पर्दैन थियो। अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौं भने अरु पार्टीको चुनौती सामना गर्नु पर्नेछैन। बाँकी समय केन्द्रीय कार्यसमिति, पार्टी सभापतिज्युले सम्पन्न गर्नुपर्ने, पदाधिकारीले गर्नुपर्ने सबै काम गरेर बाँकी समयलाई नेपाली कांग्रेस आउने दिनको चुनौती सशक्त रुपमा निभाउँछ भन्नेमा हामी लाग्नुपर्छ।’
नेता सिंहले जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरुबीच समन्वय हुन आवश्यक देखिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।