• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २२, २०८३ Tue, May 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पारवहन सन्धि पुनरावलोकन: नेपाललाई अब सिधै समुद्रसम्मको पहुँच

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १९, २०८०  २०:५०
1140x725

काठमाडौं- नेपाल-भारत पारवहन सन्धि १९९९ परिमार्जनसहित पुन: नवीकरण भएपछि अब नेपालले सिधै समुद्रसम्मको पहुँच पाउने भएको छ। सन् २०१९ मै म्याद सकिए पनि त्यसलाई संशोधन गरेर मात्र पुन: नवीकरण गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा रोकिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको क्रममा बिहीबार उक्त सन्धिमा हस्ताक्षर भएको छ। 

नेपालले चाहेअनुसार नै परिमार्जन गरेर नेपालको तर्फबाट उद्योग तथा आपूर्ति मन्त्री रमेश रिजाल र उनका समकक्षी पियुष गोयलले सन्धिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे। परिमार्जित सन्धिअनुसार नेपालले अब भारतको माटो प्रयोग गर्दै सिधै समुद्रसम्मको पहुँच पाएको हो। 

यसअघि नेपालले सडक र रेलमार्गको मात्र पहुँच पाएको थियो। सन्धि पुनरावलोकन सहित अनुमोदन भएपछि नेपाललाई तेस्रो मुलुकसँग वस्तु आयात-निर्यातमा महत्वपूर्ण योगदान पुर्‍याउने नेपाली पक्षको दाबी छ। 

भूपरिवेष्ठित मुलुक नेपालले तीनै प्रकारको यातायातका माध्यमहरु खुला हुनु सफलताको विषय रहेको बताउँछन् उद्योग तथा वाणिज्य मन्त्रालयका अधिकारीहरु। 

प्रधानमन्त्रीसँगै भारत भ्रमणको प्रतिनिधिमण्डलमा रहेका उद्योग सचिव मधु मरासिनीले नवीकरण नभई रोकिरहेको सन्धि परिमार्जित सहित आउनु सफलता रहेको बताए। 

‘हाम्रो जस्तो भूपरिवेष्ठित राष्ट्रले जल यातायातको साधनसमेत प्रयोग गर्न पाउनु सबैभन्दा महत्वपूर्ण उपलब्धि भयो,’ सञ्चारकर्मीसँग मरासिनीले भनेका छन्,‘विगत तीन वर्षदेखि नवीकरण नभएर तदर्थमा चलिरहेका थियौं। अहिले सन्धि नवीकरण हुनु आफैंमा ठूलो उपलब्धि हो।’

यस्तै, भारतीय विदेश सचिव विनय मोहन क्वात्राले पनि यो सन्धिमा आएको परिवर्तन महत्वपूर्ण रुपमा लिनुपर्ने बताएका छन्। सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भएको भेटघाटबारे जानकारी दिने क्रममा क्वात्राले उक्त कुरा बताएका हुन्। 

nimb
nimb
Ncell 2
Ncell 2

‘यो एकदमै महत्वपूर्ण सम्झौतामध्येमा पर्छ। यसले भारत र नेपालबीचको व्यापार र लागानीका लागि महत्वपूर्ण योगदान पुर्‍याउनेछ,’ विदेश सचिव  क्वात्राले भने। 

सन्धिमा आएको परिमार्जनले अब नेपालले भारतको आन्तरिक जलमार्गमा रहेका ३ वटा टर्मिनलसम्म पहुँच पाएको छ। शाहेबगन्ज, कालुघाट र बनारस टर्मिनल नेपालले प्रयोग गर्न पाउनेछ। यसका अतिरिक्त अन्य टर्मिनलहरुको प्रायेगबारे पनि छलफल भएको अधिकारीहरु बताउँछन्। 

यस बाहेक नेपाल-भारतबीच अन्य विषयहरुमा पनि सम्झौताहरु भएका छन्। भएका सम्झैता र समझदारीलाई केलाउने हो भने प्रधानमन्त्री प्रचण्डको यो भ्रमण आर्थिक विषयमा केन्द्रित भएको देखिन्छ। 

 के-के भए त सम्झौता?
नेपाल-भारत पारवहन सम्झौता नवीकरणका अलावा, सिलगुढी-झापा र अमेलेगञ्ज-चितवन पेट्रोलियम पाइपलाइन विस्तार गर्ने विषयमा पनि सम्झौता भएको छ। भारतकै लगानीमा पाइपलाइन र डिपोहरु निर्माण हुने उल्लेख छ। 

त्यस्तै, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुस्मा स्वराज इन्स्टिच्युट अफ फरेन अफेयर्स सहकार्य गर्ने समझदारी भएको छ। 

यस बाहेक दोधारा-चाँदनीमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माण गर्ने पनि सम्झौता भएको छ। त्यस्तै ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना र ४८० मेगावाटको फुकोट-कर्णाली विद्युत् आयोजना भारतले निर्माण गर्ने पनि सम्झौता भएको छ। र, क्रस बोर्डर डिजिटल भुक्तानीमा पनि नेपाल र भारतबीच समझदारी बनेको छ। 

यी बाहेक प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीले केही निर्माण भइसकेका योजनाहरु पनि संयुक्त रुपमा उद्घाटन गरिसकेका छन्। प्रचण्ड र मोदीले भारतको बथनाहादेखि विराटनगर, बुधनगरसम्मको रेलवे सेवा संयुक्त रुपमा उद्घाटन गरेका छन्। त्यस्तै नेपालगञ्जस्थित सुख्खा बन्दरगाहको पनि उद्घाटन गरेका छन्। भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको  प्रधानमन्त्री प्रचण्ड र  समकक्षी मोदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। 

यस बाहेक अन्य केही महत्वपूर्ण विषयमा समझदारी बनेको प्रधानमन्त्रीहरुले संयुक्त पत्रकार सम्मेलनमार्फत बताएका छन्। नेपाल-भारत-बंगलादेशबीचको त्रीदेशीय विद्युत व्यपारको बारेमा छिट्टै ठोस निर्णयमा पुग्ने बताएका छन्। 

त्यस्तै, सुदूरपश्चिम प्रदेशलाई भारतसँग सहज पहुँच पुर्‍याउन भारतले महाकाली नदीका विभिन्न स्थानमा ३ वटा पक्की पुल बनाउने समझदारी बनेको भारतीय प्रधानमन्त्री मोदीले बताएका छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी
वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस
सम्बन्धित सामग्री
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सरकारले सोमबार पुन अध्यादेश सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी भएको उनको सचिवालयले जानकारी दिएको छ । मंगलबार, वैशाख २२, २०८३
सभापति थापाले पूर्णबहादुर खड्का र डा. कोइरालालाई भेट्दै काँग्रेस अन्तरिम विवादमा फसेको बेला नेता कोइरालासँग अहिले बिहान र निवर्तमान कार्यवाहक सभापति खड्कासँग बेलुकी भेट हुने सभापतिका स्वकी... मंगलबार, वैशाख २२, २०८३
विद्यार्थीले राजनीति गुरुबाट सिकून्, नेताको भिडबाट होइन : प्रधानमन्त्री छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरण... मंगलबार, वैशाख २२, २०८३
ताजा समाचारसबै
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी मंगलबार, वैशाख २२, २०८३
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी मंगलबार, वैशाख २२, २०८३
वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस मंगलबार, वैशाख २२, २०८३
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य मंगलबार, वैशाख २२, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्