नयाँ दिल्ली– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शुक्रबार) मध्य प्रदेशको उज्जैन जाने भएका छन्। प्रधानमन्त्री प्रचण्डले उज्जैनमा रहेको महाकालेश्वरको मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहान ११ बजे उज्जैन पुग्नेछन्। महाकालेश्वर मन्दिरमा उनले मध्याह्न १२ बजे पूजाअर्चना गर्ने कार्यक्रम छ।
प्रचण्डलाई त्यहाँ मध्य प्रदेशका राज्यपाल मुंगुभाइ पटेलले स्वागत गर्नेछन्।
महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेपछि प्रधानमन्त्री प्रचण्ड शुक्रबार नै इन्दोर जाने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।