काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेटमा भएको सांसद विकास कोष सम्बन्धी निर्णय संशोधन हुनुपर्ने माग गर्दै संकल्प प्रस्ताव दर्ता गराएको छ।
सांसद विकास कोषका लागि बजेट विनियोजन गर्नु राष्ट्रिय ढुकुटी दोहन भएको भन्दै उक्त व्यवस्था खारेजीका लागि संकल्प प्रस्ताव दर्ता गराएको हो। रास्वपाका सांसद डोलप्रसाद अर्यालको नेतृत्वमा बिहीबार संसद् सचिवलायमा संकल्प प्रस्ताव दर्ता भएको हो।
रास्वपाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई रकम छुट्याएर बजेटको विश्वसनीयतामाथि नै प्रश्न उठेकोले हटाउनुपर्ने माग गरेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ मा संघिय संसदमा बजेट पेस गर्दै प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँका दरले ८ अर्ब २५ करोड रकम विनियोजन गरिएको जानकारी गराएका थिए।
उक्त कार्यक्रमको सार्वजनिक रुपमा आलोचना भइरहेको छ। दुई आर्थिक वर्षमा खारेज भएको उक्त कार्यक्रम पुन: ब्यूँतिएपछि अर्थमन्त्री महतको आलोचना हुँदै आएको छ।
रास्वपाले संकल्प प्रस्ताव दर्ता गराउनुको ६ वटा कारण र औचित्य उल्लेख गरेको छ।
1685625179.png)
1685625180.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।