काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीपछि राष्ट्रपतिसँग भेट गरेका हुन्।
राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो। सो क्रममा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री दाहालले बिहीबार भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए। आजै प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।