काठमाडौं– चारदिने भ्रमणका लागि बुधबार नयाँ दिल्ली पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नेरन्द्र मोदी बीच बिहीबार भएको भेटवार्तामा अग्निपथमा गोर्खा भर्ती र ईपीजी प्रतिवेदनले छलफलमा प्रवेश नपाएको त्यहाँ स्थित विदेश सचिव विनय मोहन क्वात्राले बताएका छन्।
दुई प्रधानमन्त्रीको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा सचिव क्वात्राले उक्त कुरा बताएका हुन्।
‘अग्निपथमा गोर्खा भर्ती, नेपालमा भएको भुटानी शरणार्थीसम्बन्धी प्रकरण, ईपीजी प्रतिवेदन, मुराल नक्सा लगायतका विषयमा मेरो बुझाईमा द्विपक्षीय छलफल र प्रतिनिधिमण्डल सहितको छलफलमा उठेनन्,’ सचिव क्वात्राले भने,‘शान्ति तथा मैत्री सन्धिको विषय पनि उठेन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।