काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस कमजोर भयो भने लोकतान्त्रिक राजनीति नै कमजोर हुने बताएका छन्। बिहीबार छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन्।
थापाले भने, ‘नेपाल ट्रेड युनियनको सम्बन्ध नेपाली कांग्रेससँग हो, कांग्रेसका नेतासँग होइन। कांग्रेस पार्टीसँग उसको शुभेच्छुक संस्थाको सम्बन्ध छ। शुभेच्छुक सम्बन्ध भनेको म नेपाली कांग्रेससँग सम्बन्ध राख्छु। कांग्रेसको हित चाहन्छु। किनकी मेरो नेपाली कांग्रेससँग सम्बन्ध मिल्छ, उनले भने, ‘श्रमिकहरुको हकहितका लागि लोकतान्त्रिक वातावरण चाहिन्छ। त्यहाँ भित्रको जवाफदेही सरकार चाहिन्छ। जवाफदेही राजनीति चाहिन्छ। त्यो लोकतान्तान्त्रिक राजनीतिमा मात्रै सम्भव छ। नेपाली कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ।’
महामन्त्री थापाले ७५३ वटामध्ये ३२९ वटा पालिकामा कांग्रेसले जितेको स्मरण गर्दै उनीहरुसँग छलफल गर्ने बताए। उनले चुनाव अगाडि तालमेल गरेर विश्वास गुमाएको समेत उल्लेख गरे। थापाले यसअघि गल्ती गरेको स्वीकार्दै कांग्रेसले संकल्प गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।