काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतका बीचमा पछिल्ला ९ वर्षमा उल्लेख्य उपलब्धि हासिल भएको बताएका छन्। ९ वर्षमा भएको उपलब्धिबारे चर्चा गर्दा दिनभर नै लाग्ने मोदीको भनाइ छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका अवसरमा बिहीबार दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले आफ्नो कार्यकालमा दुई देशको सम्बन्ध तथा साझेदारीमा उल्लेख्य उल्लेख्य उपलब्धि हासिल भएको चर्चा गरे।
उनले भने, ‘बितेका ९ वर्षका उपलब्धि यहाँ भन्ने हो भने दिनभर नै लाग्छ।’ उनले बोर्डर बाधक नभइ एकअर्कासँग जोड्ने क्षेत्रका रुपमा आफूले लिएको पनि बताए। उनले भने, ‘बिजुलीका लागि ट्रान्समिसन लाइन बनाउनुपर्छ। साझा नदीमा पुल बनाउनुपर्छ।’
उनले भारतमा बिजुली निर्यात गर्नुका साथै नेपालमा पेट्रोलियम पदार्थका लागि पाइपलाइन निर्माणलगायतका कार्यबारे उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।