काठमाडौं– चार दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री बिहीबार भेट भएको छ। दुई प्रधानमन्त्रीबीच हैदराबाद हाउसमा भेट भएको हो।
भेटमा नेपाल भारतको सम्बन्धलाई उचाइमा पुर्याउने उपायबारे छलफल भएको नेपालका लागि भारतीय दूतावासले जनाएको छ। भेटपछि ट्विटमा उसले लेखेको छ- ‘भारत–नेपाल सभ्यतागत सम्बन्धलाई रुपान्तरण गर्दै प्रधानमन्त्रीद्वयले भारत र नेपालबीचको विशेष एवम् विशिष्ट सम्बन्धलाई थप उचाइमा पुर्यालउने विविध उपायबारे छलफल गर्नुभयो।’
दुई पक्षीय प्रतिनिधि मण्डलको भेट पनि सकिएको छ। अहिले संयुक्त पत्रकार सम्मेलन जारी छ।
प्रधानमन्त्री प्रचण्ड बुधबार नयाँ दिल्ली पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।