काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डको मोदीसँग नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो।
यो भेटवार्तालगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ। त्यसपछि विभिन्न सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार नै भारतका उपराष्ट्रपति जगदीप धनखड र राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।