काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन्।
बुधबार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरुमा सरकारको ध्यानाकर्षण भएको बताए।
राष्ट्रिय हीत विपरितका गतिविधिमा कुनै सम्झौता नहुने उनले स्पष्ट पारे। गृहमन्त्री श्रेष्ठले कतिपय मुद्दामा सरकारले भारतसँग कुटनीतिक माध्यमबाट छलफल गरिरहेको पनि बताए।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भारतमा गत आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा अखण्ड भारतको नक्शामा नेपालको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियताविरुद्ध नेपालको भूभाग समेटेकोप्रति ध्यानाकर्षण गराएको छ। उनीहरुले भारतले सीमा अतिक्रमण गरेको, सीमावर्ती क्षेत्रमा अपराधिक क्रियाकलाप गरेको भए पनि सरकारले कुनै चासो नदिएको भन्दै सरकारकाले ध्यानाकर्षण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।