काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा असन्तुष्टि जनाएका छन्।
बुधबार उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसद्मा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रिक संसदीय मूल्यमान्यता र राष्ट्रहितविरूद्ध छ।’
राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले बेवास्ता गरिदिएको विधेयक साढे आठ महिनापछि राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।