काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले निष्कृय बनेको नागरिकता विधेयकलाई भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणीकरण गर्नुपर्ने सरकारलाई के बाध्यता आइलाग्यो भन्दै प्रश्न गरेका छन्।
सामाजिक सञ्जायलमा उनले प्रतिक्रिया दिँदै विधेयक प्रमाणीकरणले विभिन्न पाँच प्रश्नको उत्तर खोजेको बताएका छन्।
यस्ता छन् उनका प्रश्न:
१ नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको भर्डिकलाई उपेक्षा गर्न मिल्छ?
२ सम्माननीय पूर्व राष्ट्रपतिज्यूले अघि सार्नुभएको गम्भीर प्रश्नहरुको उत्तर दिने कर्तव्यबाट सरकार र संसद् भाग्न मिल्छ?
३ प्रादेशिक पहिचानसहितको नागरिकताको संवैधानिक प्रवन्धको ठाडो उलंघन गर्न मिल्छ?
४ नयाँ जनादेशको उपेक्षा गरेर निष्कृय विधेकलाई प्रमाणीकरण गर्न मिल्छ?
५ संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूलाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो? उत्तर दिनु पर्दैन र?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।