काठमाडौं- नेपाली कंग्रेसका प्रवक्ता मिनबहादुर विश्वकर्माले नागरिकता विधेयक जारी हुनु र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण संयोग मात्र भएकाले जोड्न नमिल्ने दाबी गरेका छन्।
नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा लामो समयदेखि विचाराधीन रहेको र राष्ट्रपतिले अहिले उपयुक्त लागेर जारी गरेकाले यसलाई यही रुपमा बुझ्नुपर्ने उनले बताए।
प्रतिनिधि सभा र राष्ट्रिय सभाले दुई/दुई पटक छलफल गरेर पारित गर्दै राष्ट्रपतिलाई प्रमाणीकरण गर्न पठाएको र राष्ट्रपतिले जहिलेसुकै पनि त्यसलाई प्रमाणीकरण गर्न सक्ने भएको भन्दै उनले अहिले गर्नु संयोग मात्र भएको बताए।
उनले अघिल्लो राष्ट्रपतिले नागरिकता विधेयक खारेज वा बदर नगरेको अवस्थामा अहिले निर्वाचित भएका राष्ट्रपतिले जारी गर्न गर्न कुनै पनि कानुनी विवाद नभएको दाबी गरे।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार नै भारतको चार दिने भ्रमणमा निस्केका छन्। उनी भारत उठ्ने केही समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।