काठमाडौं– देशभरका उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको सिफारिस गर्न बसेको न्याय परिषद्को बैठकले ३ न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले न्यायाधीश नियुक्तिका सन्दर्भमा भने निर्णय गरेन।
बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश रामबहादुर थापालाई धनकुटा इजलासमा सरुवा गर्दै जिम्मेबारी दिइएको छ। विराटनगर उच्च अदालतमा पाटन उच्च अदालतका न्यायाधीश विपुल न्यौपानेलाई सरुवा गरिएको छ। यस्तै न्यायाधीश सारङ्गा सुवेदीलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट जनकपुर उच्च अदालतमा सरुवा गरिएको छ।
उच्च अदालतमा मुख्य न्यायाधीश र न्यायाधीश गरी ४३ जनाको दरबन्दी रिक्त छ।
न्यायपरिषद् स्रोतका अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको कार्य व्यवस्थाका कारण बैठक लामो समय बस्न सकेन। कानुनमन्त्री नै धेरै बेर नबसेपछि बैठकले न्यायाधीश नियुक्तिका सन्दर्भमा निर्णय नगरेको परिषद् स्रोतले जानकारी दियो।
त्यस्तै, जिल्ला न्यायाधीशको नियुक्ती तथा विभिन्न आदेश तथा फैसलाका कारण विवादमा आएर कारबाहीका लागि तानिएका न्यायाधीशको विषयमा छलफल नै भएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।