काठमाडौं- गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा खुसी व्यक्त गरेका छन्।
एक वक्तव्यमा उनले नेपालको संविधान जारी भएको झन्डै आठ वर्ष पछि अब गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने बाटो खुला भएको जनाएका छन्।
'गत वर्ष नयाँ कार्यसमिति गठन भएयता हामीहरुले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि सक्दो प्रयास गरेको सबै साथीहरुलाई अवगत नै छ। अब बिना कुनै बाधा-अवरोध यो कानुन कार्यान्वयनका लागि आआफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न म सबै मित्रहरुलाई आग्रह गर्दछु,' आचार्यले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।