काठमाडौं– आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यलाई सेयर बजारलाई उत्साहित बनाउनबाट भारीरुपमा चुकेको छ। सोमबार सार्वजनिक भएको बजेटपछिको मंगलबारको कारोबारमा सेयर बजार ५३.१६ अङ्कले गिरावट आएको छ।
यद्यपि, कारोबार रकम भने २ अर्ब माथि नै रहेको छ। मंगलबार २ अर्ब ३४ करोड १७ लाख माथिको कारोबार भएको छ। पछिल्लो हप्ता राम्रो ढङ्गले बढेको सेयर बजार उक्त अङ्कको गिरावटले नेप्से परिसूचक १८८८ मा कायम भएको छ।
मंगलबार २०७ वटा कम्पनीको मूलयमा गिरावट आएको छ भने ९ वटा कम्पनीको मूल्य मात्र बढेको छ। त्यस्तै, ३ वटाको मूल्य भने स्थिर रहेको छ। यस्तै, उपसूचकतर्फ सबै उपसूचक राताम्मे भएका छन्।
सबैभन्दा धेरै गुमाउने उपसूमहमा जीवन बीमा रहेका छन्। जसले ३४६ अङ्क गुमायो। त्यस्तै, निर्जिवन बीमाले २९१ अङ्क, होटल तथा पर्यटन क्षेत्रले ९७, लघुवित्तले १२२ अङ्क, विद्युत् ६५ अङ्कले गुमेको छ। मंगलबार धेरै आत्मनिर्भर लघुवित्त र बीपीडब्लू लघुवित्तको मूल्य भने क्रमश १० र ९.९८ प्रतिशतले वृद्धि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।