काठमाडौं– अर्थमन्त्री डा प्रकाश शरण महतले आगामी आर्थिक वर्षमा तय गरिएको ६ प्रतशितको आर्थिक वृद्धिको लक्ष्य पूरा हुने दाबी गरेका छन्।
आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत सरकारले आउँदो वर्षमा आर्थिक वृद्धि ६ प्रतिशतको हुने लक्ष्य राखेको छ।
सोमबार सार्वजनिक गरेको बजेट वक्तव्यपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले उक्त दाबी गरेका हुन्।
‘आर्थिक वृद्धिदरको लक्ष्य पनि ६ प्रतिशत मात्रै राखेका छौं। जुन लक्ष्य हामीले राख्छौं त्यो पूरा गर्न सक्ने हिसाबले राखेका हौं,’ मन्त्री महतले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।