काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ महानगरपालिकामध्ये सबैभन्दा धेरै पोखरा महानगरपालिकाका लागि विनियोजन गरेको छ।
आगामी आर्थिक वर्षका लागि पोखरा महानगरपालिकालाई २ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। चालु आर्थिक वर्षका लागि पोखराले २ अर्ब ५८ करोड ४६ लाख पाएको थियो।
त्यस्तै, काठमाडौ महानगरपालिकाका लागि पनि आगामी आर्थिक वर्षको बजेट बढेको छ। आगामी आर्थिक वर्षका लागि काठमाडौं महानगरलाई २ अर्ब १४ करोड ३१ लाख रुपैयाँ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षका लागि २ अर्ब ३ करोड ९९ लाख पाएको थियो।
अन्य महानगरको बजेट भने सरकारले कटौती गरेको छ। ललितपुर, भरतपुर, विराटनगर र वीरगञ्ज महानगरको बजेट चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि कटौती गरिएको छ।
यस्तो छ ६ वटै महानगरपालिकाको चालु आव र आगामी आवको बजेट:
| महानगरपालिका |
आगामी आवको बजेट (लाखमा) |
चालु आवको बजेट (लाखमा) |
| पोखरा |
२७६३२ |
२५८४६ |
| काठमाडौं |
२१४३१ |
२०३९९ |
| ललितपुर |
११३८७ |
१२१८९ |
| भरतपुर |
१७५०३ |
१८०२४ |
| विराटनगर |
११९२४ |
१२१८५ |
| वीरगञ्ज |
१३३२१ |
१४४८६ |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।