काठमाडौं- सरकारले विलासिता कर लगाउने प्रस्ताव गरेको छ। आर्थिक वर्ष २०८०/८१ को बजेटमा २ प्रतिशतले बिलासिता शुल्क लगाइने बताइएको छ।
सोमबार संसदमा पेस भएको बजेटको आर्थिक विधेयकमा नेपालमा उपभोग हुने विलासिताका वस्तु तथा सेवाको खरिद रकममा दुई प्रतिशतका दरले विलासिता शुल्क लगाई असुल गरिने उल्लेख छ।
विधेयकले पाँच तारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातीत मदिरा र १० लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहनामा यस्तो कर लगाउने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।