काठमाडौं– सांसदहरुको दबाबमा ‘संसद् विकास कोष’ ब्यूँतिएपछि काठमाडौं महानगरका मेयर बालेन शाहले व्यंग्य गरेका छन्। वडाध्यक्षकै काम गर्नका लागि सांसद किन बनेको भन्दै बालेनले व्यंग्य गरेका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सांसद विकास कोष पाउनुभएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो। वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीयज्यूहरु।’
सोमबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटमा सांसद विकास कोषका लागि प्रति निर्वाचन क्षेत्र ५ करोड छुट्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।