काठमाडौं– संसदीय सुनुवाइ बिषेश समितिको बैठक बसिरहेको छ। सिंहदरबारमा समितिको पहिलो बैठक सुरु भएको हो। समितिका जेष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बैठक बसेको हो।
बैठकलाई सभामुख देबराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरेका छन्। सभामुख घिमिरेले समितिमा अनुभव प्राप्त सदस्यहरु रहेका कारण यसले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास ब्यक्त गरे। प्रधानन्यायाधीश नियुक्तिलगायतका कामहरुको सुनुवाई छिटो गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषद्बाट आउने कतिपय सिफारिसलाई पनि गहन छलफल गरेर सच्याउन सक्ने गरी समितिले काम गर्ने विश्वास ब्यक्त गरे।
अध्यक्ष तिमिल्सिनाले सिफारिस भएर आएका व्यक्तिका बारेमा समितिमा नागरिकबाट आएका गुनासोलाई गम्भीरतापूर्वक लिन र दलको निर्देशनभन्दा पनि आफूले स्वतन्त्रपूर्वक निर्णय गर्न समितिलाई आग्रह पनि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।