काठमाडौं– नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाले बजेट समग्रमा राम्रै भएको तर यो कार्यान्वयनमा कसरी जान्छ त्यसमा भर पर्ने बताएका छन्।
संसद् भवनअघि पत्रकारसँग कुरा गर्दै उनले संसद् विकास कोष राम्रो भएको भनि सर्मथन पनि गरे। उनले बजेट अप्ठारो अवस्थामा आएको भन्दै कतिपय क्षेत्रमा खर्च घटाउन खोजेको देखिएको बताए।
उनले गतवर्षको भन्दा आकार घटेको र कतिपय योजनाहरु काटिएको उल्लेख गरे। उनले बजेटलाई कसरी लागू गर्ने र कर पुरवलोकन गर्ने कुरा राम्रो भएको तर कसरी कार्यान्वयन हुन्छ भन्ने मुख्य कुरा भएको प्रतिक्रिया दिए।
‘बजेटलाई नराम्रो मान्न सकिँदैन। बजेट राम्रो भन्न सक्ने ठाउँ पनि छन्,’ उनले भने, ‘यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने हो। त्यस्तै बजेटमा सांसदहरुलाई पाँच करोड दिने कुरा आएको छ। पाँच करोड पाँच वटा योजनामा गनुपर्ने भएकाले यसलाई नराम्रो मान्न मिल्दैन।’
यो सानोमा राख्न नपाइने भएकाले टुक्रे योजनामा नछरिने पनि दाबी गरे। उनले यो बजेटले अलपत्र परेका योजनाहरुमा यसले काम गर्नसक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।