काठमाडौं– आगामी साउन १ गते पछि आयात हुने माल वस्तुको प्याकेजिङ आयातकर्ता र बजार वितरकको लेबल लगाएर मात्र बजारमा पठाउन पाउने व्यवस्था गरिएको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले उपभोक्तको हित संरक्षणका लागि यस्तो व्यवस्था मिलाएको बताएका छन्।
‘गुणस्तर कम्सल भएका नक्कली तथा अवैध रुपमा पैठारी भएका मालवस्तुको नियन्त्रण तथा निरुत्साहित गर्न उपभोक्ताको हित संरक्षणका लागि आगामी साउन १ गतेपछि आयात हुने माल वस्तुको प्याकेजिङ आयातकर्ता र बजार वितरकको लेबल लगार मात्र बजारमा पठाउन पाउने व्यवस्था मिलाएको छु,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।