काठमाडौं- सरकारले वार्षिक ५० लाखभन्दा धेरै आय भएका व्यक्तिलाई लाग्ने आयकरमा वृद्धि गरेको छ। अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सामान्य वृद्धि गरेको दाबी गरे।
उनले आयातमा लाग्ने महसुल वृद्धि गरेको भन्दै साना आयोजनालाई छुट पनि दिइएको बताए। उनले आयोजनाहरुको निर्माणमा प्रयोग हुने सिमेन्ट, फलामे पाइप जस्ता स्वदेशमा उत्पादन हुने वस्तुमा महसुलमा छुट नदिने घोषणा गरेका छन्।
५० लाखभन्दा धेरै आय भएका प्राकृतिक व्यक्तिलाई लाग्दै आएको आयकरमा सामान्य वृद्धि गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।