काठमाडौं– वैदेशिक रोगजारीमा विदेश गएर १ वर्षपछि फर्केका व्यक्तिले ल्याएको जुनसुकै आकारको टीभीमा भन्सार नलाग्ने भएको छ।
सोमबार संसदमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन्।
यसअघिसम्म वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्तिहरूले ३२ इन्चीसम्मको टीभी ल्याएमा भन्सार नलाग्ने प्रावधान थियो। ३२ इन्चीभन्दा बढीको टीभी ल्याएमा भने भन्सार शुल्क तिर्नुपर्ने थियो।
अब भने जुनसकै आकारको टीभी ल्याए पनि भन्सार नलाग्ने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।