काठमाडौं– सरकारले सांसद् विकास कोष (संसदीय विकास पूर्वाधार कार्यक्रम) ब्युँताएको छ। संघीय सांसदमार्फत् खखर्च हुने उक्त कोषबाट जथाभावी खर्च भएको भन्दै यसअघि हटाइएको थियो।
सांसदहरुको दबाबमा सरकारले पुन: उक्त कार्यक्रम ब्यूँताएको हो। जसका लागि प्रति निर्वाचन क्षेत्र ५ करोड छुट्याइएको छ। न्यूनतम १ करोड विनियोजन हुनेगरी कार्यक्रम छनोट गर्ने भनिएको छ।
जसका लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिकका क्रममा बताएका हुन्।
‘निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणमा स्थानीय आवश्यकताहरु जनप्रतिनिधिमार्फत् सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको छु,’ अर्थमन्त्री महतले भने, ‘यस कार्यक्रमअन्तर्गत एउटा आयोजनामा न्यूनमत १ करोड विनियोजन हुने गरी सडक, सिंचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका भौतिक पूर्वाधार निर्माणका आयोजना तथा कार्यक्रम छनौट गरिने छ। यस कार्यक्रमका लागि ८ अर्ब २५ करोड विनियोजन गरेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।