काठमाडौं– प्रहरी समायोजन कार्य अघि बढाइने बताइएको छ। सोमबार संसदमा अर्थमन्त्री प्रकाशशरणले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रहरी समायोजन गरिने बताएका हुन्।
देश संघीय संरचनामा गएको लामो समय भइसके पनि अहिलेसम्म भने प्रहरी समायोजनले गति लिन सकेको छैन। संघीय ऐन समेत जारी हुन सकेको छैन।
यस्तै अर्थमन्त्री महतले अध्यागमनलाई सरल र प्रभावकारी पनि बनाइने बताएका छन्। नुवाकोटामा निमार्णाधीन केन्द्रीय कारागार, क्षेत्रीय कारागार सम्पन्न गरी सञ्चालन ल्याइने पनि महतले बताए।
अपराधको न्यूनीकरण गर्न नवीनतम प्रविधि प्रयोग गरिने डिजिटल फरेन्सिक ल्याबलाई थप परिस्कृत गर्दै लगिने पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।