काठमाडौं– सरकारले तमोर करिडोर बाँकी रहेको निमार्णधीन सडकको लागि ८० करोड बजेट विनियोजन गरेको छ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त कुरा उल्लेख गरेका हुन्।
‘तमोर करिडोरको सुभाङखोला–गणेश चोक–ओलाङ्चुङगोला–टिप्ताला खण्डको निर्माण कार्यको निरन्तरता दिन ८० करोड विनियोजन गरेको छु,’अर्थमन्त्रीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।