काठमाडौं– सरकारले काठमाडौंको गोठाटारमा १६५ क्षमताको वृद्धाश्रम बनाउने भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्ष २०८०/०८१ सालको बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्।
उनले भने,‘काठमाडौंको गोठाटारमा १ सय ६५ जनाको वृद्धाश्रम र ४५ बेड सहितको जेष्ठ नागरिक अस्पताल निर्माण गर्न बजेटको व्यवस्था गरेको छौं,’ उनले भने।
महतले सार्वजनिक सेवालाई अपाङ्गमैत्री बनाइने समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।