काठमाडौं- सरकारले काठमाडौंको खानेपानीको माग सम्बोधन गर्न मेलम्ची खानेपानी अन्तर्गतको दोस्रो क्षेत्र याङ्ग्री र लार्केललाई अघि बढाउने भएको छ। सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत उक्त कुरा अघि बढाउने बताएको हो।
अर्थमन्त्री प्रकाशशरण महतले यी दुई आयोजनाहरु छिट्टै अघि बढाइने बताए । सरकारले विगत लामो समयदेखि यी दुई आयोजना अघि बढाउने भन्दै आएको छ। तर मेलम्ची खानेपानी आयोजना हेलम्बुको भ्रेमाथाङका बाढीपछि अवरोध हुँदै आएको छ।
मेलम्ची आयोजना निर्माण सम्पन्न भएको केही समयमै भ्रेमाथाङ बाढी आएको थियो। जसले गर्दा सरकारले हिउँदको सिजनामा मेलम्चीको पानी काठमाडौं ल्याउने गरेको छ। वर्षा सिजनमा बन्द हुने मेलम्ची आयोजनामा सरकारले थप दुई आयोजना जोड्ने घोषणा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।