काठमाडौं– सरकारले अध्यापन अनुमतिपत्रको लागि अब शिक्षा संकायको अनिवार्यता खारेजी गर्ने कानुन बनाउने भएको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा अर्थमन्त्री डा प्रकाश शरण महतले उक्त कुरा बताएका हुन्।
‘अध्यापन अनुमतिपत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानुनी व्यवस्था मिलाइनेछ,’ बजेटमा उल्लेख छ।
यसअघि केही प्राविधिक विषयबाहेक अनुमतिपत्रका लागि शिक्षा संकायको अध्ययन अनिवार्य थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।