काठमाडौं- सरकारले गौतम बुद्ध र पोखरा विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई सहुलियत दिने भएको छ।
'गौतम बुद्ध र पोखरा विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने व्यवस्था मिलाइनेछ। यी विमानस्थलमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिइनेछ', अर्थमन्त्री डा प्रकाशशरण महतले भने।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पेश भइरहेको छ। अर्थमन्त्री महतले बजेट पेश गरिरहेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।