काठमाडौं– संघीय सरकारले प्रदेश र स्थानीय सरकारका लागि सशर्त अनुदानअन्तर्गत २ खर्ब २७ अर्बमाथि विनियोजन गरेको छ।
आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त कुरा उल्लेख रहेको बताएका छन्।
‘सशर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई १ खर्ब ९१ अर्ब ८९ करोड गरी जम्मा २ खर्ब २७ अर्ब ६१ करोड विनियोजन गरेको छु,’ अर्थमन्त्रीले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।