काठमाडौं– सरकारले विभिन्न ३६ प्रकारका निर्यातमा प्रदान गरिँदै आएको अनुदानमा निरन्तरता दिने भएको छ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त कुरा बताएका हुन्।
अर्थमन्त्री महतले भने, ‘विभिन्न ३६ प्रकारका निर्यातमा प्रदान गरिँदै आएको नगद अनुदानलाई निरन्तरता दिन ९० करोड विनियोजन गरेको छु।’
उनले निर्यातको अनुदान ३ महिना भित्रमा भुक्तानी दिइसक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।