काठमाडौं– सरकारले आगामी वर्ष २०८०/०८१ मा ‘खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा’ भन्ने नारासहित कृषि एवम् पशुपंक्षी तर्फका स्नातक जनशक्ति व्यवस्थापन गर्नका लागि ४७ करोड बिनियोजन गरेको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट पेस गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त कुरा बताएका हुन्। यो कार्यक्रमअन्तर्गत किसानहरुले खेतिबारीमै प्राविधिक सेवा प्राप्त गर्न सक्ने अर्थमन्त्रीले उल्लेख गरेका छन्।
यस्तै, धान र आलुमा आत्मनिर्भर हुन १०० स्थानीय तहमा धान र आलु खेती विस्तार गरिने पनि अर्थमन्त्री महतले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।