काठमाडौं– सरकारले प्रधानमन्त्री उत्पादन तथा उपभोथ कार्यक्रमका लाग ५० करोड रुपैयाँ विनियोजन गरेको छ।
सोमबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त कार्यक्रमका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको बताएका छन्।
‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग कार्यक्रममार्फत् आन्तरिक उत्पादन र प्रोत्साहन गरिनेछ। यस कार्यक्रमको लागि ५० करोड विनियोजन गरेको छु,’ अर्थमन्त्री महतले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।