काठमाडौं– सरकारले स्थानीय तहसँग मिलेर रोजगारी बढाउने कार्यक्रम गर्ने भएको छ। सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आत्मनिर्भर अर्थतन्त्रको आधार, स्वदेशमै उत्पादन र रोजगार’ कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।
उनले स्थानीय आर्थिक सम्भावनाका आधारमा कार्यक्रम गरिने बताए। मुलत: कृषिको व्यवसायीकरण, सूचना प्रविधि र पर्यटन क्षेत्रमा सरकारले उक्त कार्यक्रम गर्ने छ र बाँझो जमिनमा उद्दम गर्न प्रोत्साहन गरिने पनि बताइएको छ।
उक्त कार्यक्रमका लागि निर्देशिका साउन महिनाभित्र बनाइने छ भने बजेट ७ अर्ब विनियोजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।