काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दिएको सुझाव कार्यान्वयन हुने भएको छ। ढिलोगरी आउने विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका कारण संसदमा पर्याप्त छलफल हुन नपाउनुका साथै सुझाव सरकारले ग्रहण गर्न नसकेको गुनासो सांसदहरुको छ। महामन्त्रीद्वयले अर्थ मन्त्रालयमै पुगेर कार्यतालिका बुझाएका थिए।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट प्रणालीमा सुधार गर्ने बताएका हुन्।
उनले भने, 'आगामी वर्षदेखि मन्त्रालयगत बजेट आएपछि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त फागुन मसान्तभित्र संसदमा पेश गरिनेछ।'
संसदमा पर्याप्त छलफल गरी सांसदबाट प्राप्त मार्गदर्शन र सुझावका आधारमा यथार्थपरक बजेट बन्ने उनको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।