काठमाडौं– आसन्न आर्थिक वर्षमा करिब १२ खर्ब ८० अर्ब २५ करोड बजेट चालु खर्चतर्फ विनियोजन हुने भएको छ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसदमा उक्त कुरा बताएका हुन्।
‘साधारण खर्चमा वृद्धि हुँदै गएको छ। तलब भत्ता, सामाजिक सुरक्षा, वित्तीय हस्तान्तरण प्रशासनिक खर्च लगायतको साधारण खर्च र बढ्दो ऋण भुक्तानी दायित्वको व्यवस्थापन मात्र करिब १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गर्नु परेको छ। यो बजेटको ७३.१० प्रतिशत हुन आउँछ,’ अर्थमन्त्री महतले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।