काठमाडौ– अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नेमा केन्द्रित भएको दाबी गरेका छन्।
संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै अर्थमन्त्रीले यस्तो दाबी गरेका हुन्।
उनले बजेट निर्माण गर्दा समृद्धि,सुशासन र सामाजिक न्याय कायम गर्ने कुरा ध्यान दिइएको दाबी गरे। उनले हरित अर्थतन्त्र विकास गर्ने र युवालाई मुलुकभित्र व्यवसाय गर्न उत्प्रेरणाा गर्ने उन्मुख बजेट भएको दाबी गरे।
उनले साझा न्यूनतम कार्यक्रम, नीति तथा कार्यक्रम लगायतमा आएको सुझावलाई मार्ग निर्देशनको आधारमा बजेट बनाएको दाबी गरेका छन्।
उनले जनअपेक्षा सम्बोधन गर्ने र अर्थतन्त्रमा देखा परेको समस्या समाधान गर्ने बजेट आफूले बनाएको दाबी गरे। उनले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्दै बजेटले लिएको लक्ष्य पूरा गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।