काठमाडौं– सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर जम्मा २ दशमलव १६ मात्रै हुने आकलन गरेको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन्।
‘विश्व अर्थतन्त्रमा आएको शिथिलता र आन्तरिक कारणले न्यून रुपमा आर्थिक वृद्धि हुने आंकलन गरिएको हो’, उनले भने।
कोभिड महामारी कम भइ सुधार आइरहेका बेला युक्रेन र रुस बीच युद्ध, उच्च ब्याजदर, सरकारको पुँजीगत खर्च नबढेको र समष्टिगत मागमा कमी आएकाले आर्थिक वृद्धि हासिल गर्न नसकिने अर्थमन्त्री डा महतले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।