काठमाडौं– सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट ल्याएको छ। अर्थमन्त्री प्रकाशशरण महतले बजेट सार्वजनिक गरेका हुन्।
रातो रिबन बानेको कालो ब्रिफकेस बोकेर संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्न पुगेका अर्थमन्त्रीले पुराना र नयाँ कार्यक्रम समावेश गर्दै बजेट ल्याएका हुन्।

आर्थिक मन्दी र राजश्व संकलनमा समस्या आइरहेको समयमा सरकारले नयाँ बजेट ल्याएको छ। अर्थतन्त्र सुधारका साथै रोजगारी सिर्जना र पुँजीगत खर्च बढाउनुपर्ने बाध्यता सरकारसँग छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।