काठमाडौं- विवेकशील साझा पार्टीले विभिन्न विभागहरु गठन गरी विभागीय प्रमुखहरु चयन गरेको छ। पार्टीको मुख्यालय बखुन्डोलमा आइतबार बसेको केन्द्रीय समिति बैठकले ११ वटा विभागका प्रमुखहरु चयन गरेको हो।
बैठकले संगठन विभागको प्रमुखमा महासचिव रञ्जु दर्शना, प्रशिक्षण विभागको प्रमुखमा उपाध्यक्ष प्रकाशचन्द्र परियार, नीति तथा कार्यक्रम विभाग प्रमुखमा उपाध्यक्ष मिलन पाण्डे, सदस्यता व्यवस्थापन विभाग प्रमुखमा उपाध्यक्ष विमला अधिकारी घिमिरेलाई तोकेको छ।
त्यस्तै, तथ्यांक तथा अनुसन्धान विभाग प्रमुखमा सचिव विमल तामाङ, सूचना प्रविधि तथा सञ्चार विभाग प्रमुखमा पार्टी केन्द्रीय सदस्य सूर्यदीप रेग्मीलाई तोकिएको छ।
केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुखमा केन्द्रीय सदस्य नवराज थापा, वातावरण तथा सम्पदा विभाग प्रमुखमा केन्द्रीय सदस्य सुरज प्रधान, उद्यमशीलता तथा रोजगार विभाग प्रमुखमा केन्द्रीय सदस्य शिशिर बञ्जारा, अर्थ विभाग प्रमुखमा केन्द्रीय सदस्य निरञ्जन चापागाइँ र कृषि तथा सहकारी विभाग प्रमुखमा केन्द्रीय सदस्य धनेज थापालाई जिम्मेवारी दिने निर्णय गरेको सो पार्टीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।