काठमाडौं– टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका ‘थारु नेता’ रेशम चौधरी आममाफी पाएर जेलमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले आक्रोश पोखेका छन्।
तीन तहको अदालतबाट जन्मकैद पाएको व्यक्तिलाई आफ्नो स्वार्थपूर्तिका लागि रिहा गरिएको भन्दै उनले आक्रोश पोखेका छन्।
‘गणतन्त्र स्थापना भएको १५ बर्ष पुगेछ। शुभकामना शुभकामना शुभकामना। अपराधी, भ्रष्टाचारी, अपहरणकारी, लुटेराहरुलाई कानुनी राज्यको धज्जी उडाइ कानुन बमोजिम कारबाही नहुने र अदालतबाट सजाय पाएकालाई समेत गणतन्त्र दिवसको नाममा आफ्नो स्वार्थको लागि रिहा गरिने र अन्धभक्तहरु १०० किलोको फूलमाला र पार्टीको झण्डासहित स्वागत गर्न ओहिरिने,’ खरेलले भने, ‘अति भयो आदरणीय दाजुभाइ, दिदीबहिनीहरु। अब हुने निर्वाचनमा चनाखो र विवेकी भइ गणतन्त्रका कुपात्रहरुलाई विस्थापित गरौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।