• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रेशम चौधरीबारे नेताहरुको दोहोरो रुप

64x64
नेपाल लाइभ सोमबार, जेठ १५, २०८०  ०९:४४
1140x725

काठमाडौं– कांग्रेस नेता धनराज गुरुङले २०७४ जेठ ५ गते एउटा ट्विट गरे- ‘टीकापुर घटनालाई राजनीतिको पछ्यौरीले छोपेर छोपिँदैन सरकार। टीकापुर घटनाका अपराधीहरुको मुद्दा फिर्ता लिने निर्णय फिर्ता लिइयोस् सरकार।’

गुरुङको ट्विटको सन्दर्भ थियो, २०७४ जेठ ४ गतेको मन्त्रिपरिषद्को निर्णय। मन्त्रिपरिषद्ले मधेस, थरुहट आन्दोलनलाई राजनीतिक आन्दोलनको मान्यता दिँदै ती आन्दोलनमा मुछिएका अभियुक्तहरुको मुद्दा फिर्ता लिने निर्णय लिएको थियो। मुद्दा फिर्तासम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिएको थियो।

गुरुङले त्यो ट्विट लेख्दा प्रधानमन्त्री थिए, पुष्पकमल दाहाल प्रचण्ड। संयोगले अहिले पनि उनी नै प्रधानमन्त्री छन्। उनकै मन्त्रिपरिषद् सदस्य छन्, ट्विटकर्ता गुरुङ पनि। उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुन्। गुरुङ समेत सदस्य रहेको मन्त्रिपरिषद्को आइतबारको बैठकले रेशम चौधरीको सजाय माफीका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्‍यो। मन्त्रिपरिषद्‌ले गरेको सिफारिसअनुसार राष्ट्रपतिले चौधरीलाई सजाय माफी दिएको छ। र चौधरी सोमबार डिल्लीबजार कारागारबाट रिहा भइसकेका छन्। 

तर ६ वर्षअघि र अहिले गुरुङको धारणामा परिवर्तन आएको बुझ्न सकिन्छ। त्यो परिवर्तन पदीय बाध्यता हो भनेर सहजै बुझ्न सकिन्छ।

चौधरीबारे फरकफरक समयमा फरकफरक व्यवहार प्रस्तुत गर्ने गुरुङ एक्ला नेता होइनन्। उनी जस्ता नेताहरु व्यक्तिगत परिस्थिति, सत्ता समीकरण वा चुनावी सन्दर्भ विचार गरेर बोल्ने गर्छन्। नेताहरु मात्रै होइन, दलीय धारणा पनि त्यस्तै हुने गरेको छ।

एमालेकै संस्थागत र व्यक्तिगत धारणालाई जोडेर हेर्दा विचित्रको रुप देखिन्छ।

एमालेका तत्कालीन सचिव प्रदीप ज्ञवालीले २०७४ जेठ ५ मै विज्ञप्ति जारी गरेर ‘आपराधिक घटनालाई राजनीतिक आवरण दिइ तिनमा संलग्नलाई उन्मुक्ति दिन सरकारले गरेको निर्णयप्रति एमालेले गम्भीर आपत्ति प्रकट गर्ने’ बताएका थिए। 

सरकारको यस्तो निर्णयबाट दण्डहीनता संस्थागत हुने तथा आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने स्पष्ट भएको एमालेको ठहर थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यी सबै निर्णय र प्रतिक्रियाका बीचमा रेशम चौधरी थिए। टीकापुर घटनामा संलग्नताको अभियोग लागेका उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई केही वर्षयता जेल सजाय भोगिरहेका थिए। फरार अवस्थामा सांसद निर्वाचन भएता पनि उनले सदनमा भाग लिन भने पाएनन्, शपथ भने लिए।

एमालेको त्यस खालको धारणा भए पनि चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण नभएको अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै बताएका छन्।

गत वर्ष वैशाख २२ गते कैलालीको बौनियामा भएको सभामा ओलीले भनेका थिए, ‘मलाई थाहा छ, यहाँका थारु नेता जेलमै छन्। अनेकौं हजारौं मान्छे मरे, जेलमा हुनुपरेन। यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाएर, अर्को मान्छेलाई मुद्दा लगाएर यहाँ हुँदै नभएका रेशम चौधरीलाई त्यसबेला यहाँ थिएनन्। उनलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन।’

सोही सम्बोधनमा उनले ६ बुँदे सहमति गरेर समस्या समाधान गर्न खोजेको पनि बताएका थिए। २०७८ जेठ १८ मा भएको सहमतिको पहिलो बुँदामै भनिएको थियो, ‘थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद् घटनामा आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने।’

Xtrem

Xtrem

सरकारको आइतबारको निर्णयप्रति भने एमालेले आक्रोश व्यक्त गरेको छ। एमालेका सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा उनले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय दिएको चौधरीलाई सत्ता टिकाउनका लागि सरकारले सो काम गर्न लागेको भन्दै आक्रोशसमेत व्यक्त गरे।

‘सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत तीनवटै तहको अदालतले उहाँको बारेमा एक प्रकारको फैसला गरेको छ। पीडितहरूलाई थप पीडीत बनाउने गरी, अदालतले गरेको आदेशको पूर्णपाठ आएको छैन। सर्वोच्चले आदेश गर्यो , फैसला गर्योन। तलको आदेशलाई सदर गर्योर। त्यसको पूर्णपाठ आएको छैन,’ बर्तौलाले भने, ‘हतारहतार सरकार टिकाउनका लागि, सत्ता जोगाउनका लागि हामीले विधिको शासन, कानुनी राज्य यी समग्र पक्षलाई संविधानमा हो, कहींकतैं आममाफीको व्यवस्था होला। कतिपय अवस्थामा सरकारले चाहेको अवस्थामा सजाय माफी दिनसक्छ। तर व्यवस्थालाई दूरुपयोग गरेर, कानुनी राज्यलाई खिल्ली उडाउँदै कानुनी शासन, विधिको शासन, त्यसलाई कमजोर बनाउने गरी सबै हिंसाका घटनालाई सत्तासँग जोड्ने, राजनीतिसँग जोडने, उन्मुक्ति दिँदै जाने? यसले कस्तो नजिर बस्नसक्छ?’

उल्लेखित नेताहरु मात्रै होइन, अन्य कतिपय नेताहरु पनि समय सन्दर्भ अनुसार चौधरीको पक्षमा, चौधरीको विपक्षमा वा मौन बस्ने गरेका छन्।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन?
३४ जिल्लामा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा उच्च जोखिम
झरीबीच १३ जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन, केन्द्रीय नेतादेखि युवासम्म मैदानमा
सम्बन्धित सामग्री
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ परेपछि नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारको कदममाथि प्रश्न उठाएका छन्। आइतबार, असोज ११, २०८३
झरीबीच १३ जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन, केन्द्रीय नेतादेखि युवासम्म मैदानमा नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आज १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र तथा प्रदेश निर्वाचन क्षेत्रस्तरीय अधिवेशन हुँदैछ। आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ लोकसेवाको परामर्शबारे सरकारको प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन । शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
३४ जिल्लामा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा उच्च जोखिम आइतबार, असोज ११, २०८३
झरीबीच १३ जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन, केन्द्रीय नेतादेखि युवासम्म मैदानमा आइतबार, असोज ११, २०८३
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति आइतबार, असोज ११, २०८३
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्