काठमाडौं- सेन्टर फर डेमोक्रेटिक नेपाल(सिडेन)को सातौं अधिवेशन सम्पन्न भएको छ।
शनिबार सम्पन्न सिडेनको सातौं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनबाट लक्ष्मण केसी अध्यक्षमा निर्वाचित भएका छन्।
केसीले कूल १६ सय १९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी चेतनाथ पाण्डेले १ हजार ६२, प्रमोद दवाडीले १८५ मत प्राप्त गरेका थिए।
त्यसैगरी उपाध्यक्षमा उमेश धिताल महासचिवमा थमन खड्का, उपमहासचिव सुशील लामिछाने र कोषाध्यक्षमा नवराज बस्नेत विजयी भएको निर्वाचन अधिकृत लालबहादुर रावलले जानकारी दिए।
त्यसैगरी बागमती प्रदेशको अध्यक्षमा नरकान्त सापकोटा विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।