काठमाडौं– आर्थिक वर्ष २०७९/०८० मा दुई लाख बढी इम्बोस्ड नम्बर प्लेट उत्पादन भएका छन्। उक्त उत्पादित नम्बरमध्ये ५१ हजार थान सवारी साधनमा जडानका लागि वितरण भएको छ।
अर्थमन्त्री डा प्रकाश शरण महतले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार फागुनसम्ममा २ लाख ५७ हजार ३ सय ९४ इम्बोस्ड नम्बर प्लेट उत्पादन गरी ५१ हजार १९ थान सवारी साधनमा जडानका लागि वितरण भएको हो।
२०७९ असारसम्म २ लाख २९ हजार ४ सय ३८ इम्बोस्ड नम्बर प्लेट उत्पादन भई ३३९ सय ७२ थान जानका लागि वितरण भएको थियो। गत असारसम्ममा ४ स्थानबाट इम्बोस्ड नम्बर प्लेटको जडान तथा वितरण हुँदै आएकोमा चालू आर्थिक वर्षदेखि पोखरा र बुटवलबाटसमेत ईबोष्ड नम्बर फोट जडान तथा वितरण गर्ने कार्य सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।