काठमाडौं– सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण, २०७९/८० अनुसार मुलुकको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब ६ करोड पुगेको उल्लेख गरेको छ। यो चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्यांक हो।
सो समयसम्म, आन्तरिक ऋण १० खर्ब १० अर्ब २८ करोड रूपैयाँ र बाह्य ऋण १० खर्ब ६९ अर्ब ७८ करोड रूपैयाँ सहित मुलुकको कूल सार्वजनिक ऋण दायित्व २० खर्ब ८० अर्ब ६ करोड रूपैयाँ पुगेको उक्त सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। २०७९ असारसम्म सार्वजनिक ऋण दायित्व २० खर्ब १३ अर्ब २९ करोड रूपैयाँ रहेको थियो।
यस्तै, आर्थिक वर्ष २०७९/८० को फागुनसम्म ऋण र अनुदान गरी १ खर्ब ३७ अर्ब १२ करोड रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त भएको छ।
उक्त प्रतिबद्धता अनुसार जम्मा ७२ अर्ब ५८ करोड रूपैयाँ बराबरको सहायता परिचालन भएको र ५३ अर्ब ४४ करोड रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको सर्वेक्षण प्रविवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।